अर्थ खबर

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् आजको मुल्य सुचि

काठमाडौं ।
एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ ।

कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।

वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।

जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको छ ।

स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । तितेकरेलाको मूल्य १ सय ४२ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २७ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

अहिले वर्षाद्को समय भएकाले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमीनमा धान रोप्ने काम भइरहेकाले पनि हरियो तरकारीको उत्पादन घटी मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले आर्थिक अभियान दैनिकसँग बताए ।

‘खासगरी अहिले तरकारीको उत्पादन कम भएकाले नै मूल्य बढेको हो,’ उनले भने । उनका अनुसार यतिबेला भारतमा पनि वर्षाद्का कारण तरकारी उत्पादन घटेको छ । भारतबाट नेपालमा कम तरकारी भित्रिँदा पनि मूल्य बढेको हो ।

हेर्नुहोस् आजको मुल्य सुचिः

दैनिक मूल्य जानकारी – वि.सं. असार १७, २०७८

वस्तुएकाइन्यूनतमअधिकतमऔसत
हरियो फर्सी(डल्लो)केजीरू. ४५रू. ५०४७.५०
हरियो धनियाके.जी.रू. १२०रू. १५०१३५.००
स्याउ(फूजी)के जीरू. २५०रू. २८०२६५.००
स्कूसके.जी.रू. ५०रू. ६०५५.००
सेलरीके.जी.रू. १२०रू. १५०१३५.००
सेतो मूला(हाइब्रीड)केजीरू. २०रू. २५२२.५०
सलगमके.जी.रू. ८०रू. ९०८५.००
सखरखण्डके.जी.रू. ६०रू. ७०६५.००
लौकाके.जी.रू. ५०रू. ६०५५.००
लीच्ची(लोकल)के.जी.रू. १००रू. १२०११०.००
लीच्ची(भारतीय)केजीरू. २५०रू. ३००२७५.००
लसुन हरियोके.जी.रू. ७०रू. ८०७५.००
लसुन सुकेको नेपालीके.जी.रू. १४०रू. १५०१४५.००
लसुन सुकेको चाइनिजके.जी.रू. १२०रू. १३०१२५.००
रुख कटहरके.जी.रू. ३०रू. ४०३५.००
रायो सागके.जी.रू. ६०रू. ७०६५.००
रातो बन्दाके.जी.रू. ८०रू. ९०८५.००
मौसमके.जी.रू. २००रू. २२०२१०.००
मेवा(भारतीय)केजीरू. १००रू. ११०१०५.००
मूला सेतो(लोकल)के.जी.रू. १५रू. २०१७.५०
मटरकोशाके.जी.रू. १४०रू. १५०१४५.००
मकै बोडीकेजीरू. ९०रू. १००९५.००
भेडे खु्र्सानीके.जी.रू. १००रू. १२०११०.००
भुई कटहरप्रति गोटारू. १४०रू. १५०१४५.००
भिण्डीके.जी.रू. ६०रू. ७०६५.००
भन्टा लाम्चोके.जी.रू. ३०रू. ४०३५.००
भन्टा डल्लोके.जी.रू. ३०रू. ४०३५.००
भटमासकोशाके.जी.रू. ९०रू. १००९५.००
ब्रोकाउलीके.जी.रू. ११०रू. १२०११५.००
बोडी(तने)के.जी.रू. ५०रू. ६०५५.००
बन्दा(लोकल)के.जी.रू. ७०रू. ८०७५.००
फर्सी पाकेकोके.जी.रू. ३०रू. ३५३२.५०
प्याज हरियोके.जी.रू. ५०रू. ६०५५.००
प्याज सुकेको (भारतीय)के.जी.रू. ५०रू. ५२५१.००
पुदीनाके.जी.रू. १००रू. १२०११०.००
पिंडालूके.जी.रू. ५०रू. ६०५५.००
पालूगो सागके.जी.रू. १००रू. ११०१०५.००
पार्सलेके.जी.रू. २२०रू. २५०२३५.००
परवर(लोकल)के.जी.रू. ४५रू. ५०४७.५०
परवर(तराई)केजीरू. ४५रू. ५०४७.५०
न्यूरोके.जी.रू. ७०रू. ८०७५.००
तोरीको सागके.जी.रू. ५०रू. ६०५५.००
तोफुके.जी.रू. ९०रू. १००९५.००
तितो करेलाके.जी.रू. ५०रू. ६०५५.००
तामाके.जी.रू. ९०रू. १००९५.००
ताजा माछा(रहु)के जीरू. २७०रू. २८०२७५.००
ताजा माछा(मुंगरी)के जीरू. २६०रू. २७०२६५.००
ताजा माछा(बचुवा)के जीरू. २२५रू. २३५२३०.००
ताजा माछा(छडी)के जीरू. २००रू. २२०२१०.००
तरबुजा(हरियो)के.जी.रू. ४०रू. ५०४५.००
ठूलो गोलभेडा(भारतीय)केजीरू. ५०रू. ६०५५.००
झिगूनीके.जी.रू. ५०रू. ६०५५.००
जिरीको सागके.जी.रू. ८०रू. ९०८५.००
छ्यापी सुकेकोके.जी.रू. १५०रू. १६०१५५.००
च्याउ(डल्ले)के जीरू. ३००रू. ३५०३२५.००
च्याउ(कन्य)के.जी.रू. २००रू. २५०२२५.००
चुकुन्दरके.जी.रू. ७०रू. ८०७५.००
चिचिण्डोके.जी.रू. ३०रू. ४०३५.००
घिरौलाके.जी.रू. ४०रू. ५०४५.००
घिउ सिमी(हाइब्रीड)केजीरू. १००रू. ११०१०५.००
घिउ सिमी(लोकल)के.जी.रू. ११०रू. १२०११५.००
ग्याठ कोबीके.जी.रू. ५०रू. ६०५५.००
गोलभेडा सानो(लोकल)के.जी.रू. २०रू. २५२२.५०
गोलभेडा सानो(टनेल)के जीरू. ३२रू. ३७३४.५०
गान्टे मूलाके.जी.रू. ७०रू. ८०७५.००
गाजर(लोकल)के.जी.रू. ९०रू. १००९५.००
खु्र्सानी हरियोके.जी.रू. ६०रू. ७०६५.००
खु्र्सानी सुकेकोके.जी.रू. ३००रू. ३२०३१०.००
खुर्सानी हरियो(माछे)के जीरू. ४०रू. ५०४५.००
खुर्सानी हरियो(बुलेट)के जीरू. ८०रू. ९०८५.००
खुर्सानी हरियो(अकबरे)के जीरू. १५०रू. २००१७५.००
केरादर्जनरू. १००रू. ११०१०५.००
कुरीलोके.जी.रू. ४००रू. ५००४५०.००
कागतीके.जी.रू. ७०रू. ८०७५.००
काक्रो(हाइब्रीड)के जीरू. २०रू. ३०२५.००
काक्रो(लोकल)के.जी.रू. ४०रू. ५०४५.००
काउली स्थानियके.जी.रू. ८०रू. ९०८५.००
इमलीके.जी.रू. १४०रू. १५०१४५.००
आलु सेतोके.जी.रू. ३२रू. ३४३३.००
आलु रातो(मुडे)केजीरू. ४५रू. ४८४६.५०
आलु रातो(भारतीय)के जीरू. ४५रू. ४८४६.५०
आलु रातोके.जी.रू. ४५रू. ४८४६.५०
आँप(मालदह)के.जी.रू. ९०रू. १००९५.००
आँप(दसहरी)केजीरू. ९०रू. १००९५.००
आँप(चोसा)केजीरू. ९०रू. १००९५.००
आँप(कलकत्ते)केजीरू. ९०रू. १००९५.००
अनारके.जी.रू. २६०रू. २८०२७०.००
अदुवाके.जी.रू. ७०रू. ८०७५.००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button