अर्थ खबरसमाचार

आज पनि सुनको मूल्य घट्यो

काठमाडौं । 
एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आइतबार  पनि घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपियाँ कायम गरिएको छ । 

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपियाँ कायम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button