
कास्की
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।
उनले आफ्नै दल नेपाली कांग्रेसबाट कुमार खड्कालाई मन्त्रीमा नियुक्त गरेका छन् । माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारै जना विना विभागीय हुन् ।