कोरानाप्रदेश नं. ५

लुम्बिनी प्रदेशमा ९० प्रतिशत सङ्क्रमित अस्पतालबाहिरै

कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीका कारण लुम्बिनी प्रदेशका प्रायः सबै अस्पतालका शय्याहरू भरिए पनि सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी अस्पतालबाहिरै रहेको पाइएको छ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवारसम्म लुम्बिनी प्रदेशमा १७,००० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

तर तीमध्ये करिब सात प्रतिशत मात्रै अस्पताल अथवा संस्थागत आइसोलेशनमा भर्ना भएका छन्।

‘उपचार पाउनबाट वञ्चित हुनसक्ने अवस्था’

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकका अनुसार पछिल्लो पटक अस्पतालप्रति बिरामीमा नकारात्मक धारणा विकास भएका कारण पनि यस्तो समस्या आएको हो।

उनी भन्छन्, “सङ्क्रमित सुरुमै अस्पताल आएको अवस्थामा केही औषधि चलाउन सकिन्छ। तर जब गम्भीर भएर आउँछन् उनीहरूलाई आईसीयू शय्या निश्चित मात्रै हुने हुँदा खोजे जस्तो उपचार पाउनबाट वञ्चित हुन पनि सक्ने अवस्था देखिएको छ।”

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अस्पताल भर्ना भएका सात प्रतिशत सङ्क्रमितमध्ये झन्डै ४० प्रतिशत सङ्क्रमित गम्भीर अवस्थाका छन् र उनीहरूलाई अत्यधिक मात्रामा अक्सिजन दिनु परिरहेको छ। bbc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button