अपराधप्रदेश नं. १

२२ वर्षीय रोमन राईको छुरा हानेर हत्या

मोरङ
लेटाङ–३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ वर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पु¥याउन साथ ज्यान गएको थियो । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई खोजतलास गरि घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उपर आवश्यक अनुसन्धान भईरहेको जल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button