गण्डकीराजनीतिविशेष

गण्डकीमा सत्ताको ताण्डवः ७४ घन्टापछि पुनः गुरुङ मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिनुभएके छ । उहाँलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।

बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेपनि प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा  १६८(३)अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button