प्रदेश नं. २मुख्य समाचार
करेन्ट लागेर रौतहटमा एक बालकको मृत्यु।

ललन कुमार चौरसिया ,रौतहट।
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत मौलापुर नगरपालिका वडा नं २ चिरचिरियामा बस्ने विश्वनाथ पटेल को दुई छोरा मध्ये जेठो छोरा अन्दाजी वर्ष १२ को भर्खरै आमासंग खेतमा पानी पट्याउदै गरेको क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
करिब ६:१५ वजे साझँको समयमा वहाँलाई करेन्ट लागेर मृत्यु भएका हुन् । मृतक बालक लाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर मा लागिएको छ।
सो घटना प्रति शहरी बिकास मन्त्री प्रभु साह र नगर प्रमुख रिना कुमारी साह ले हार्दिक श्रद्धाञ्जली शोक संतप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ