मनाेरञ्जनसमाचार

सलमानविरुद्ध पुर्व प्रेमिका सोमीले लगाइन् यस्तो आरोप

एजेन्सि ।
बलिउड अभिनेता सलमान खानविरुद्ध उनकी एक्स गर्लफ्रेण्ड सोमी अलीले धोका दिएको आरोप लगाएकी छन् । उनले भारतीय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा यस्तो बताएकी हुन् । उनले भनिन्, ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भइसकेको छ, उनले मलाई धोका दिएका थिए । त्यसैले उनीसँग मैले ब्रेकअप गरेँ र छोडिदिएँ, सिम्पल कुरा हो ।’

अहिले आफ्नो लाइफ बाचिरहेको भएपनि उनले सलमानसँग ५ वर्ष कुरा गरेकी थिइनन् । सेमी अली पाकिस्तानी मूलकी अमेरिकन अभिनेत्री हुन् । ९० को दशकमा उनले बलिउडका केही फिल्ममा काम गरेकी थिइन् । त्यो बेला उनले सलमानसँग डेट गरेकी थिइन् ।

उनीहरुबीच ८ वर्षसम्म रिलेशन चलेको थियो । उनले एक अन्तर्वार्तामा सलमानसँग रिलेशन सकिनुको कारण ऐश्वर्या भएको बताएकी थिइन् ।

रिलेशन चलिरहेको बेलामा ऐश्वर्या राय बीचमा आएपछि आफूलाई सलमानसँग रिलेशनमा बस्न मन नलागेको उनले बताइन् । उनले सलमान आफ्नो पहिलो प्रेमी रहेको समेत बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button