साहित्य
तिन मुक्तक : पिपला ढुङ्गाना

तिमी भित्तो म पात्रो सँगै हुने कुरै भएन
तिमी महल म छाप्रो सँगै हुने कुरै भएन
किन पर पर हुन्छेउ भन्दै प्रश्न नसोध्नु भो
तिमी खल्ती म कात्रो सँगै हुने कुरै भएन।।

२
उसलाई नपुंसक बनाइयो
र कमजोर समयलाई हिंस्रक बनाइयो
रचेर नौटंकी, बिच्छ्याएर पर्दा
जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।

३
गयौ पनि यसरी गयौ नमुना बनाएर
आफु भोटको मदन मलाई मुना बनाएर
कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ
मुटु भित्र पिरको पहाड दुगुना बनाएर।।
