साहित्यकार विनोद दाहाल सम्मानित

काठमाडौं ।
साहित्यकार विनोद दाहाल शेरबहादुर कान्छी उप्रेती मुक्तिनाथ दर्शन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा उनलाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गरेवापत उनलाई राशि ११ हजार १ सय ११ रुपैयाँ उक्त पुरस्कार प्रदान गरिएको हो । सप्तरंगी साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रती रहेका थिए ।
कार्यक्रममा साहित्यकार पुस्कर लोहनी, समालोचक युवराज मैनाली तथा साहित्यकार भगवती खनाल पनि सम्मानित भएका थिए । सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष केशव भट्ट ‘सागर’ को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञसभा सदस्य डा. देवी नेपाल विशेष अतिथि रहेका थिए । कार्यक्रममा सप्तरंगी साहित्यिक पत्रिकाको पहिलो अंकको विमोचन पनि गरिएको थियो । कलानिधि दाहाल प्रधान सम्पादक रहेको उक्त पत्रिकामा विभिन्न स्रस्टाहरूका कथा, कविता, चिन्तन, दर्शन, निबन्ध, नियात्रा आदि समेटेर प्रकाशन गरिएको छ ।