साहित्य

९ बुँदे घोषणपत्र जारी गर्दै ‘जे.पी. प्रतिष्ठान साहित्य महोत्सव २०७६’ सम्पन्न

काठमाडौ
जेपी प्रतिष्ठानको आयोजनामा मिति २०७६ फागुन ९ र १० गते मैत्रीसेवा आश्रम शङ्खरापुर–४ लप्सीफेदी, काठमाडौँमा ‘अध्यात्म र साहित्यको सम्मिलनः विचार विमर्श र मौलिक लेखनको यात्रा तथा काव्यगोष्ठी’ सहित साहित्य महोत्सव २०७६ ९ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । जेपी प्रतिष्ठानको रजत जयन्तीको उपलक्ष्यमा मार्तण्ड (सूर्य) कोटीहवन अनुष्ठानका साथ आयोजना गरिएको महोत्सव फागुन ९ गते महोत्सवको उदघाटन गरिएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालले अध्यात्म र साहित्यको सम्बन्धका विषयमा गहन मनतव्य राख्नु भएको थियो । समारोहमा जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले देशभरका आउनु भएका साहित्यकारहरुलाई मैत्रीसेवा आश्रमको जानकारी सहित स्वागत गर्नु भएको थियो । उद्घाटन समारोहको सभापति वारिष्ठ साहित्यकार डा.तुलसी भट्टराईले गर्नु भएको थियो । विचार विमर्श र मैलिक लेखन सत्रमा डा. नारायण चालिसेले नेपाली साहित्यमा अध्यात्म दर्शनको प्रभाव, प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बैदिक साहित्यमा नारी, प्रा.डा. ज्ञानु पाण्डेले नेपाली उपन्यसमा नारी, र प्रा.डा. कुमार कोइरालाले नेपाली साहित्यमा पाश्चात्य दर्शनको प्रभाव विषयका छुट्टाछुट्टै गोष्ठीपत्रहरु प्रस्तुत गर्नु भएको थियो |

विचार विमर्श सत्रको सभापति वरिष्ठ आख्यानकार सनतकुमारी र प्रमुख अतिथि प्रा.डा.गोपाल भण्डारी हुनुहुन्थ्यो । यसरी नै दोश्रो दिन फागुन १० गते देशविदेशबाट आउनु भएका कवि, कवयत्रीद्वारा कविगोष्ठी र महोत्सवको समापन समारोहको आयोजना गरिएको थियो | कवि गोष्ठी र समापन समारोहका प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रदीप नेपाल र सभापति वरिष्ठ कवि डा.विष्णुविभु घिमिरे रहनु भएको थियो । जेपी प्रतिष्ठान महोत्सवमा सातै प्रदेशका कवि लेखकहरुको सहभागीता रहेको थियो ।

काठमाडौँको गौशाला पाशुपत क्षेत्रदेखि करीव २५ किलोमिटरको दूरीमा रहेको लप्सेफेदीमा साहित्यकार मित्रसेन दाहालको नविन सोच र अवधारणा अनुरूप ज्येष्ठनागरिकको सेवानिवृत्त, स्वतन्त्र, सुखमय एवम् शान्तमय जीवन यापनका लागि अनुकुल वातावरण सिर्जना गर्न मैत्री सेवाश्रम स्थापना गरिएको हो |

जे.पी. प्रतिष्ठान (मैत्री सेवाश्रम) ले साहित्य महोत्सव २०७६ सम्पन्न गर्न डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमारप्रसाद कोइराला , प्रा. डा. ज्ञानु पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृष्ण धरावासी, मातृका पोखरेल, डा. नारायण चालिसे, दिनेशकुमार मगर सदस्य रहेको समिति गठन गरेको थियो । त्यसैगरी समितिमा मनोज न्यौपाने ,गोकुल अधिकारी ,सन्ध्या पहाडी ,डा. ज्ञानु अधिकारी, मञ्जु बिमली, विनोद दाहाल, राजेन्द्र गुरागाईं, उमा सुवेदी, रमेश वाग्ले, सुशीला पौडेल,बालकृष्ण लम्साल, डा. रत्नमणि नेपाल, दामु मर्सिफूल सदस्य र सदस्य सचिवमा नारायण सापकोटा समेत रहनु भएको थियो ।

लप्सिफेदि घोषणा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button