समाचारसाहित्य

जेपि प्रतिष्ठान साहित्य महोत्सव -२०७६ को सम्पुर्ण तयारि पुरा

काठमाडौं ।
जे पि प्रतिष्ठानको रजत महोत्सवको अवसरमा जेपि प्रतिष्ठानको मैत्री आश्रममा हुन लागेको साहित्य महोत्सवको सम्पुर्ण तयारि पुरा भएको आयोजकले जनाएको छ ।

यहि फागुन ९ र १० गते हुन लागेको साहित्य महोत्सवमा देश भरिबाट २०० श्रष्टाहरु सहभागि हुने आयोजकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहलको अध्यक्षतामा हुन लागेको सो महोत्सवको संयोजन वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराईले गर्नु भएको छ ।

मंगलबार बिराज समाजको कार्यलय चाबहिलमा बसेको तयारि समितिको बैठकमा डा.तुलसीप्रसाद भट्टराई,मनोज न्यौपाने, नारायण सापकोटा, गोकुल अधिकारी, वालकृष्ण लम्साल र दिनेस कुमार मगरको उपस्थिति रहेको थियो सो समितिले ९ र १० गते हुने महोत्सवको लागि आधारभुत विषयमा महत्वपुर्ण निर्णयहरु गरेको समेत जनाएको छ ।

महोत्सवमा बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै वृहत कवि गोष्ठि समेत हुनेछ । साथै सो महोत्सवले नेपालि साहित्यको बिकासका लागि नयाँ अध्यायको शुरुवात गर्ने आयोजकको दाबि रहेको छ ।

प्रतिष्ठानको रजतमहोत्सवको पुनित अवसरमा २०७६ माघ १६ गतेदेखि फागुन १९ गतेसम्म शाष्त्र र विधि अनुसार सम्पूर्ण नेपालीहरूको समृद्धि, सुस्वास्थ्य तथा शान्ति एवम् सम्पूर्ण ज्ञात अज्ञात पितृहरूको निर्वाणका निम्ति संयुक्तरूपमा मार्तंण्ड (सूर्य) कोटीहवन अनुष्ठान मैत्रीसेवाश्रममा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button