प्रदेश नं. ५समाचार

पत्रकार सुवेदी विरुद्ध बलात्कार मुद्धा

पत्रकार शिवलाल सुवेदी विरुद्ध एक युवतीलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पीडित किशोरीले मुद्धा दर्ता गरेकी छिन् ।

मंसिर १ गते देखि ३ दिन सम्म लुम्विनी न्युज फेस्टीवल मनाउने कार्यक्रममा देशैभरका पत्रकारहरु लुम्विनी क्षेत्रमा जमघट भएकाे थियाे ।   

स्राेतका अनुसार त्याे दिन हाेटलमा वास गर्छिन् दुई वहिनी संगै सुत्ने भन्दै कोठा भित्र पसेको केहि वेरमा पत्रकार शिवलाल सुवेदी कोठा भित्र छिरेर खानपिन गर्छन । केहि वेर पछि पानी लिन भन्दै ती महिला बाहिर गएपछी भित्रबाट चुक्कुल लगाए र फोन स्वीचअफ हुन्छ ।

 तीन घण्टा सम्म  पत्रकार सुवेदी र ती किशोरी बन्द कोठामा एक्लै फेला पर्छन ।  किशोरीले मुद्धा हाल्ने जानकारी पाएपछी सुवेदी बुटवल पुगेर विभिन्न नेताहरुलाइ भेटघाट गर्छन् । हिजो र आज सम्म केहि नेता पत्रकारहरु घटना मिलाउन जुट्छन तर पत्रकार सुवेदी विरुद्ध हिजो साँझ नै जवरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको रुपन्देही प्रहरी कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button