
काठमाडौँ |
नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आजसम्मको अंकमा आफूलाई सबैभन्दा अब्बल स्थानमा कायम राखेको छ । बुधबार साढे ३ बजेसम्मको अवस्थालाई मध्येनजर गर्दासम्म नेपालले २७ स्वर्ण सहित जम्मा ६० पदक जितेको छ । जसमा १४ रजत र १९ कांस्य पदक रहेका छन् ।
उता नेपाललाई पछ्याउने क्रममा रहेको भारतले पछिल्लो अपडेट अनुसार २२ स्वर्ण सहित कुल ५१ पदक जित्न सफल भएको छ । उसले १९ रजत र १० कांस्य पदक जितेको छ । यसरी हेर्दा कुल ९ पदकले भारत पछी छ भने स्वर्ण पदकमा ५ स्वर्ण पदक नेपालको हातमा बढी छ ।
भारतपछि तेस्रो स्थानमा पाकिस्तान छ । जसले कुल ३४ पदक जितेकोमा उसको कुल स्वर्ण पदकको शंख्या ८ रहेको छ भने १३ रजत र १३ कांस्य पदक जितेको छ । त्यस्तै पाकिस्तान पछि चौथो स्थानमा श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित कुल ५५ पदक हात पारेको छ ।
उता पाँचौ स्थानमा बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित कुल ३५ पदक जितेको छ भने माल्दिभ्सले हालसम्म १ मात्र स्वर्ण जितेको छ । माल्दिभ्सले हालसम्म कुल ३ पदक जितेकोमा २ कास्य पदक रहेका छन् ।
पदक बिजेता तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले भने हालसम्म ३ कांस्य पदक मात्र जितेको छ ।
