अन्तर्राष्ट्रियमुख्य समाचार

विश्वका शक्तिशाली यौनकाण्ड : जसले ‘राजा’ लाई ‘रङ्क’ बनायो !

बेला बेलामा उच्च ओहोदाका ब्यक्तिहरुका यौन प्रकरण बाहिरिने गरेका छन । यस्ता घटना केबल नेपालमा मात्र नभएर विश्वाब्यापी हुने गरेका छन । संसारकै उच्च घराना मानिने बेलायतको राजपरिबार भित्र यौन बिबाद आयो । युबराज चाल्सले क्यामेला पार्कर सँग बिहेत्तोर सम्बन्ध राखेको थाहा पाए पछी युबराग्यी डायनाले पनि आफुलाई स्वतन्त्र रुपले दरबार बाहिर निकालिन । उनले पनि अरु कसै सँग यौन सम्बन्ध राखेको खुलाए पछी उनिहरु दुबै बिच पारपाचुके भयो । पछील्लो समय इज्जिपसियन ब्यापारी दोदी अल फायद सँग प्रेममा परेकी उनी पेरिसमा कारमा गाई रहेका बेला पत्रकारले पच्छ्यौदा कारको गती असिमित र अन्यन्त्रित हुन गै दुर्घटनामा परेर मारियिन भने चार्ल्स ले पनि तिनै प्रेमी क्यामेला पार्कर सँग विवाह गरे । त्यस्तै अमेरिकि भुतपुर्ब राष्ट्रपती बिल क्लिन्टन पनि आफ्नै कर्मचारी मोनिका लेवेन्स्की सँग यौन सम्बन्ध राखेका कारण महाअभियोग को सामना गर्नु पर्‍यो । यसमा एउटा संचार माध्यमले गरेको टिप्पणी यस्तो थियो ।

एक सयन सुन्दरिका कारण एक राजनेताको राजनीतिकभबिष्य अन्धकारमा परेको छ । यहाँ बिचारणिय कुरा के छ भने यौन काण्डमा सहभागी एक जनालाई सयन सुन्दरी र अर्को लाई राजनेता भनिएको छ । यहाँनेर दुबै जैबिकिय प्राणी हुन र दुबैले यौन ब्यबस्थापन गर्न नसकेका हुन । जबकी राष्ट्रपतीको यो विवाहत्तोर दुबै थियो र बढ्ता दोषी उनी देखिन्छन । त्यस्तै ईराक युद्धमा निर्णयक भूमिका निभाएका जनरल डेभिड पेट्रियस लाई सि आए ए का प्रमुख बनाइएको थियो । तर आफ्नो जिबनी लेखनमा संलग्न महिला माथि उनको विवाहत्तोर सम्बन्ध रहेको खुलासा भयो उनले माफि माग्दै पदबाट राजिनामा दिए । अमेरिकामा सर्बोच्च अदालतको न्यायधिस नियुक्त भए पछी आजिबन पदमा रही रहन पाउने ब्यबस्था छ । यसै क्रममा अन्तिम पटक नियुक्त हुनै लागेका न्यायधिस बार्ड क्याभानभ लाई स्कुले जिबनमा यौन दुर्व्यबहार गरेको आरोप एक महिलाले लगाइन र उनको नियुक्तिमा फेरी थप अनुसन्धान र सुनुवाई गर्नु परेको थियो ।

एक पटक हेभी वेट बक्सिङमा नाम र दाम कमाएका खेलाडी माइक टाइसन एक काली महिलाले बलत्कार गरेको आरोप लगाए पछी आर्थिक रुपले टाट पल्टेका थिए । यौन दुर्व्यबहारको आरोप लगाइ पीडित बनाइएका अर्का उच्च पदाधिकारी पूर्व अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख डोमोनिक स्ट्रास कन हुन । उनी फ्रान्सको राष्ट्रपतिको चुनावमा उम्मेद्वार बन्न जागिर बाट अबकास लिएर फ्रान्स फर्कने क्रममा न्युयोर्कको एक होटेलमा एक महिलालाई दुर्व्यबहार गरेको भन्दै पक्रेर जेल हालियो । उनको छबी केही मात्रामा अमेरिका बिरोधी ठानिएको थियो । उनको भबिस्य खतम पारीयो । आरोप लागेको करिब ३ बर्ष पछी आफुलाई डेढ लाख डल्लर दिएर उक्त आरोप लगाउन लगाएको ति महिलाले स्विकार गरेकी थिइन् । विश्वले सम्मान गर्ने आदर्णीय नेता गान्धी आफ्नो ब्रहमचर्यको पारीक्ष्यणको लागि केही १८ देखी २० बर्षसम्मका युबती सँग नाङो शरीर सुत्ने गर्थे भनिन्छ ।

नेपालका सर्बसम्मत नेता बि पि कोइराला पनि आफु महिला मामिलामा कम्जोर भएको स्विकार गर्थे भनिएको छ । अविवाहित भए पनि सन्त नेता के पि भट्टराई आफुलाई कुमार नभएको खुल्ला भन्ने गर्थे । पछील्लो कालमा उनको सहयोगी अनिता कपाली महिला थिइन् । बामपन्थी नेता मोहन बिक्रम सिंहले पनि बहु विवाह गरेका थिए । उनको पछील्लो विवाह आफु भन्दा करिब ३२ बर्ष कान्छी दुर्गा सँग गरेका थिए । जबकी कानुनत विवाहको लागि उमेरको फरक २० बर्ष भन्दा बढी हुनुहुदैन । अर्का नेता बल बहादुर के सि को पनि केही समय पहिले एक राइथरकी जिल्ला बासी महिला सँगको काण्ड बाहिरिएको थियो । हुनत शेर बहादुर देउबाको नै ज्योति गौतम सँगको अफेयर बाहिर नआएको होइन । जनयुद्धको समयमा माओवादी कार्यकर्ता दुई विवाह गर्ने र बलत्कारी भन्दै भाटे कारबाही गर्थे । तर यसको बिपरित पार्टीकेन्द्रमा राम बहादुर थापा र पम्फा भुसाल बिचको यौन कान्ड बाहिरिएको थियो । अर्का प्रचन्ड निकट तत्कालिन केन्द्रिय नेता रबिन्द्र श्रेष्ठ पार्टी छाडेर एमालेमा प्रबेश गरे पछी सामान्य प्रशासन मन्त्री बन्न पुगे ।तर केही पछी एक महिला कार्यकर्ता लिएर अलप भएका थिए ।

१४ बर्ष पहिले श्रीषा कार्की नायिकाको नग्न तस्बिर जन आस्था पत्रीकाले छापे पछी उनले आत्मा हत्या गरी देह त्याग गरिन । त्यस्तै नग्न तस्बिर राजेश हमालको पनि बाहिरिएको थियो । तर उनी समाजमा बिना असर समाजमै रहे । केही अघी नम्रता श्रेठको यौन काण्ड पत्रीकाले सार्वजनिक गरिदिए पछी झन्डै ज्यान जाने अवस्था आएको थियो । तर त्यसमा संलग्न पुरुष पात्र बिना असर समाजमा देखा परेका थिए । यिनै सिलशिलाम पछील्लो कडी सभामुख महराको काण्ड हो । यो हार्मोन सँग सम्बन्धित जैबिकिय कुरा भएकाले पनि ब्यक्तिले प्राप्त गरेको प्रोफाइलले यसलाई नियन्त्रण गर्न नसकेको हो कि ? केही समय पहिले टि यु का एक प्राध्यापकले आफ्नै छात्रा सँग यौन गफ गर्ने मनसाय राखेको बाहिरिएको थियो । पारिबारिक बिभाजन भएका कारणले पनि समाजमा यस्तो समस्या थप बिकराल बन्दै गएको जस्तो छ ।

हजारौँ गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ भन्ने लेलिनको उक्ति राजनीतिमा पटक पटक सावित हुन्छ, जब राजनीतिका महारथीहरू यौनकाण्डमा फसेर ढल्ने गर्दछन् ।

इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई कम उमेरका बालिकाहरूसँग यौन सम्बन्ध राखेको आरोप लाग्यो। उनलाई प्रहरीले रातारात पक्राउको प्रयास गर्दा भागेर उनी फ्रान्स पुगेको घटनाले संसारलाई चकित तुल्यायो | उनको देहान्त पनि विदेशमै भयो । ७५ वर्षको उमेरमा उनलाई यौन दुराचारको आरोपमा मुद्दा चलाइएको थियो ।

युगाण्डाका राष्ट्रपति इदी अमिन पनि यौनको कुलतमा थिए । उनका कयौँ रखौटी थिए । उनका ५० भन्दा धेरै रखौटी थिए भन्नेबारे पनि चर्चा गरिन्छ ।

लिबियाका राष्ट्रपति मुअम्बर गद्दाफी कुमारी बडिगार्डका शोखिन थिए । गद्दाफी कुनै निजी यात्राका बेला छानीछानी अक्षत युवतीलाई लिएर हिँड्थे । पछि उनको यौन काण्ड फ्रान्सेली अखबारले खुलासा गरेको थियो ।

इराकी राष्ट्रपति सद्दाम हुसेनका छोरा उदय हुसेन रात्रिकालिन सेक्स पार्टीका लागि कुख्यात थिए । उनको नाममा बलात्कार र हत्याको लामो सूची छ । उनले प्रान्तीय गभर्नरकी १४ वर्षीया छोरीलाई बलात्कार गरेका थिए ।

अमेरिकी राष्ट्रपतिहरू पनि यौन काण्डमा मुछिएका छन् । राष्ट्रपतिहरू थोमस जेफर्सन, बिल क्लिनटन, जोन एफ केनेडी, अर्थमन्त्री अलेक्जेन्डर ह्यामिल्टन, राष्ट्रपतिका उम्मेदवार ग्रोभर क्लियल्याड पनि यौनका मामिलामा कुख्यात थिए । झन् अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त चार विवाह गरिसकेका छन् । उनलाई १३ महिलाले यौन दुराचारको आरोप लगाएका छन् ।

त्यसैगरी इजरायलका राष्ट्रपति मोसे कात्सभ, चेक गणतन्त्रका प्रधानमन्त्री भेक्लाभ क्लाउस लगायतका विश्वका चर्चित नेता पनि यौन काण्डमा मुछिएका थिए । यौन काण्डमा मुछिएपछि कतिले आफ्नो इज्जत, प्रतिष्ठा र पद गुमाएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन पदमा रहेका बेला यौन सम्बन्धको आरोप लाग्ने शक्तिशाली नेता हुन् । ह्वाइट हाउसमै काम गर्ने मोडल मोनिका लेवेन्स्कीसँग यौन सम्बन्ध राखेको आरोप उनीमाथि थियो । लेवेन्स्कीको फोन कुराकानी सन् १९९८ मा सार्वजनिक भएपछि क्लिन्टन–लेवेन्स्की यौन सम्बन्ध संसारभर चर्चाको विषय बनेको थियो ।

क्लिन्टनले आफूले लेवेन्स्कीसँग यौन सम्बन्ध राखेको अस्वीकार गरे । तर घटनाक्रम, लेवेन्स्कीको वीर्य लागेको नीलो रंगको स्कर्ट र अन्य संकेतहरुले दुई जनाबीच यौन सम्बन्ध भएको पुष्टि भयो । उनका विरुद्ध संसदको तल्लो सदनमा महाअभियोगको प्रस्ताव पारित भएपनि सिनेटबाट पारित हुन सकेन र राष्ट्रपतिका आफ्नो रूपमा कार्यकाल पूरा गरे ।

डेभिड पिट्रियुस
डेभिड पिट्रियुस अमेरिकाका चार तारे जनरल हुन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवारका रुपमा चर्चा गरिएका उनी अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) का निर्देशक थिए ।

अमेरिकी सेनालाई अफगानिस्तान, इराक युद्धमा नेतृत्व गरेका उनको भेट लेखिका पाउला ब्रोडवेलसँग भेट भयो र साथी बने । त्यो समयमा ब्रोडवेलले ‘अल इनः दि एजुकेशन अफ डेभिड पेट्रियुस’ नामको आत्मवृत्तान्त लेखिन् । त्यो कति लामो समय थियो भन्ने उल्लेख गरेको पाइदैन । त्यसबिचमा उनीहरुबीचको सम्बन्धका साथै अन्य विभिन्न विषयमा छानविन थालिएपछि २०१२ मा सीआईएको निर्देशक पदबाट राजीनामा दिएका थिए । अमेरिकाका पूर्व सिनेटर लारी क्रेग यौन सम्बन्धका कारण पक्राउ परे । सन् २००७ मा पुरुष शौचालयमा पसेर यौन सम्बन्ध राखेको आरोपमा पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा उनी दोषी प्रमाणित भए । उनीमाथि समलिंगी भएको आरोप लागेको थियो । जुन आरोप उनले अस्वीकार गरेका थिए । सन् २००७ मा उनले सिनेट सदस्याबाट राजीनामा दिएका थिए । यसैगरी इलियोट स्पिट्जर, ग्यारी कोन्डिट, मार्क सानफोर्ट, जिम म्याकग्रिभी, डेभिड भिटर, जोन इडवार्डजस्ता वरिष्ठ अमेरिकी राजनीतिक यौन सम्बन्धका कारण राजनीतिबाट हात धुन बाध्य भएका थिए ।


अदालतमा न्यायाधीशको चर्तिकला

१० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो ।


सिसी क्यामेराअघि

पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो ।

प्रहरीको भ्यानमै अडेसा लागेर

नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन ।

दरबारको बगैंचामा

सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।

बैंकमा

मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् ।

ककपिटमा

सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्‍याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो ।

चर्चमै

चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

एटीएम बुथमा

स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए । केहि समय पहिला अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ। यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन्। उनी विश्वका अरबपतिहरुको सूचीमा फोब्र्स म्यागाजिनमा समेत उल्लेखित छन्।

जेफ्री इप्स्टिेनको संगठन भीभीआइपीहरुसँग रहेको तथ्य बाहिर आएको छ। उनको सम्बन्ध अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प देखि पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग समेत छ। बाह्य दुनियाँमा समेत उनको भीआइपीसँग सम्बन्ध थियो। अहिले ती नामहरु विवादमा पर्ने देखिदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९९७ मा इप्स्टिेनको निजी जेटमा बसेको विषय खुलेको छ। अदालतले यो विषय खुलाइनसकेपनि घटना बाहिर आएको छ। यसबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी इप्स्टिेनको जेटमा बसेर कहाँ गएका थिए भन्ने विषय रहस्यमय बनेको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इप्स्टिेनको निजी टापुमा पुगेको विषय बाहिर आएको छ । इप्स्टिेनले भीआइपीसँग यौन सम्पर्कका लागि प्रयोग गरिएकी भर्जिनिया गिउफ्रीले क्लिन्टन बेलुकीको खाना खाने गरी टापुमा पुगेको खुलाएकी छिन् । तर, ट्रम्पले यसलाई अस्वीकार गरेका छन्। यौन दुराचारको अभियोग लागेका जेफ्री इप्स्टिेनले आफूले मात्र नभई भीआइपीका लागि समेत कम उमेरका केटीहरुलाई यौन सम्बन्ध राख्न लगाउँथे। दर्जनौं महिलाले त्यससम्बन्धी अभियोग लगाएका छन् । त्यसमध्ये एक गिउफ्री पनि हुन्। उनले इप्स्टिेनले प्रतिष्ठित मानिसहरुसँग यौन सम्पर्क गर्न लगाएको अभियोग लगाएकी छिन् ।

भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा अधिराजकुमार आन्ड्रीउ पनि परेका छन्। बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ।

भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् ।
१५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ। कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्री इप्स्टिेनको शव मृत अवस्थामा अमेरिकाको जेलमा भेटिएको हो । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान मृत भेटिएका थिए । घटना आत्महत्या भएको हुनसक्ने बताइएपनि रहस्यमय बन्दै गएको छ।

झुण्डिएको अवस्थामा फेला परेका ६६ वर्षीय इप्स्टिेनलाई अस्पताल लगिएको थियो। त्यहाँ उनलाई मृत घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि अदालती कारबाही अगाडि बढिरहेको थियो। उनको मृत्युबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

ठुलाबडाका लागि केटी व्यवस्था गर्थे इप्स्टिेन

इप्स्टिेनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो। केही त मात्र १४ वर्षका हुन्थे । कम भन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो। जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे।

आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे। पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो। अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे। मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए।

जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे। एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे। हात र सेक्सटोय मार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे। पैसा र शक्तिको दुरुपयोग गरिरहे।

किशोरीहरुलाई मसाज गर्न लगाउँथे। नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसि सकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे। उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे।

अमेरिकी अर्बपतिहरुमाझ जेफ्री राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए। डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन्। ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए। बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको थियो । उनलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको थियो। कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई यौनका लागि तस्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएको थियो। विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई गम्भीर अभियोग लागेको थियो।

अर्बपति इप्स्टिेनमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग लागेको थियो। त्यही रिङमार्फत् किशोरीहरु भेट्थे। उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए। न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे। सबै कर्तुतहरु बाहिर आएको थियो। दर्जनौं कम उमेरका किशोरीले उनी विरुद्ध उजूरी गरेका थिए। जीवित हुँदासम्म उनी बेलायतमा सबैभन्दा रुचाइएका टेलिभिजनकर्मी थिए । ‘जिम्मी विल फिक्स इट’ नामक कार्यक्रमका सञ्चालक उनी मुख्यगरी वालवालिकामाझ निकै चर्चित थिए । मिलनसार स्वभावका उनलाई उनका सामाजिक कामका लागि पनि सम्मानपूर्वक सम्झना गरिन्थ्यो ।

तर मृत्युपछि उनी एक अभियुक्तका रुपमा चिनिएका छन् । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेका उनले दशकौँसम्म आफ्नो सेलिब्रेटी हैसियतको दुरुपयोग गरेर कलिला युवायुवतिलाई यौनजन्य दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । जनताको चर्को बिरोध र आलोचना पछि उनको चिहान समेत हटाइएको छ ।

प्रशंग हो बीबीसीका चर्चित टेलिभिजन प्रस्तोता जिम्मी सेभिलको । मानिसहरु, खासगरि वालवालिका, उनको कार्यक्रम ‘जिम्मी विल फिक्स इट’ र जिम्मी दुबैका ‘डाइहर्ट फ्यान’ थिए ।

तर विडम्बना, जिम्मीले लामो समय लगाएर कमाएको वाहवाहीको शिखर उनको निधन लगत्तै ढल्यो जब उनले आफ्नो पेशा र पदको आडमा कलिलो उमेरका कयौँ वालवालिकाहरुमाथि यौन शोषण गरेको पर्दाफास भयो ।

अर्को प्रशंग

जिम्मी यौन काण्डका बारेको सामाग्री प्रसारण नगरेर आलोचन खेपिरहेको बीबीसीले एक अर्को यौन काण्डका बारेमा सामाग्री प्रसारण गरेपछि झन् आलोचना खेप्नुपर्‍यो । नोभेम्बर २ मा न्यूजनाइट कार्यक्रमले वेल्समा रहेको वाल गृहमा सन् १९७०/ ८० को दशकमा भएका यौन शोषणका घटनाबारेकोएक रिपोर्ट प्रसारण गर्‍यो ।

कार्यक्रममा एक पीडितले कन्जर्भेटिभ पार्टीका एक राजनीतिज्ञले आफुमाथि पटकपटक यौन शोषण गरेको आरोप लगाए । नाम नखुलाइएपनि उक्त रिपोर्टमा आरोपित व्यक्ति राजनीतिज्ञ लर्ड म्याकएल्पाइन भएको सोसल मिडियामार्फत सार्वजनिक भयो ।

लर्ड म्याकएल्पाइनले आफुमाथि लगाइएको आरोप अस्वीकार गरे र बीबीसी बिरुद्ध मानहानीको मुद्दा हाले ।

उक्त कार्यक्रममा देखाइएका प्रत्यक्षदर्शीले पनि आफुले गलत पहिचान गरेको भन्दै माफी मागेपछि बीबीसीले गम्भीर गल्ती भएको स्वीकार गर्‍यो । झुठो रिपोर्ट प्रसारण भएको झण्डै दुई हप्तापछि बीबीसी र म्याकएल्पाइनबीच सम्झौता भयो । ७ लाख १४ हजार अमेरिकी डलर जरिवाना तिर्न बीबीसी तयार भयो ।

यौन शोषणबारेको उक्त रिपोर्ट बीबीसी आफैले नभई ब्यूरो अफ इन्भेस्टिगेटिभ जर्नलिज्मले उत्पादन गरेको थियो । उक्त गलत रिपोर्ट प्रसारण भएपछि यो संस्था समेत अस्तित्व रक्षाका लागि प्रयास गरिरहेको छ । उक्त रिपोर्ट ब्यूरो अफ इन्भेस्टिगेटिभ जर्नलिज्मको उत्पादनका भएपनि यसमा सम्पूर्ण सम्पादकीय अधिकार बीबीसीकै रहने र त्यसको जिम्मेवारी आफुले नलिने संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

राजीनामा श्रृंखला

कार्यक्रम न्यूजनाइटमा राजनीतिज्ञ म्याकएल्पाइनमाथि झुठो आरोप लगाइएपछि बीबीसीको महानिर्देशकको पद सम्हालेको दुई महिना नबित्दै जर्ज एन्ट्वीस्टलले पदबाट राजीनामा दिनुपर्‍यो । समाचार निर्देशक हेलेन वोडेन र उप निर्देशक स्टिभ मिचेललाई अनुसन्धान नसकिएसम्मका लागि जिम्मेवारीबाट मुक्त गरियो । कार्यक्रममा गलत रिपोर्ट प्रसारण भएको भन्दै बीबीसीले राजनीतिज्ञ लर्ड म्याकएल्पाइनसँग माफी समेत माग्यो ।

जिम्मी यौनकाण्डः पृष्ठभूमि

आफ्नै पूर्व प्रस्तोताका बारेमा ६ हप्ता लगाएर बनाइएको न्यूजनाइट कार्यक्रमको एक अनुसन्धानमूलक रिपोर्ट सन् २०११ डिसेम्बरमा प्रसारण हुनबाट रोकेपछि बीबीसीमाथि विश्वासको संकट सुरु भएको थियो ।

तर यो काण्ड तबमात्र थाहा भयो, जब गत अक्टुबरमा बीबीसीको प्रतिद्वन्दी टेलिभिजन च्यानल आइटिभीलेएक्सपोजरः द अदर साइड अफ जिम्मी सेभिल नामको ५० मिनेट लामो डकुमेन्ट्री प्रसारण गर्‍यो । सेभिलमाथि गरिएको अनुसन्धान बीबीसीले नै रोकेको डकुमेन्ट्रीमार्फत खुलासा भएपछि पत्रकारिताको अभ्यासमा आफुलाई सबैभन्दा उत्कृष्ट दावी गर्ने बीबीसीका लागि लाजको विषयमात्रै भएन, चारैतिर यसको तीब्र आलोचना समेत भयो ।आफ्नै पूर्व प्रस्तोताका बारेमा ६ हप्ता लगाएर बनाइएको न्यूजनाइट कार्यक्रमको एक अनुसन्धानमूलक रिपोर्ट सन् २०११ डिसेम्बरमा प्रसारण हुनबाट रोकेपछि बीबीसीमाथि विश्वासको संकट सुरु भएको थियो ।

१९६० देखि १९८० को दशकसम्म निकै चर्चित रहेका बीबीसीका टेलिभिजन प्रस्तोता जिम्मी सेभिलका बारेको अनुसन्धानमूलक सामाग्री के कति कारणले प्रसारण हुनबाट रोकिएको थियो भन्ने प्रश्नको भरपर्दो उत्तर अझै बीबीसीले दिन सकेको छैन । तर बीबीसीकै उच्च तहको निर्देशनमा कार्यक्रमका सम्पादकले नै रिपोर्ट प्रसारण हुनबाट रोकेको भने कसैबाट लुकेको छैन ।

के सेभिललाई जोगाउन उनीबारे बनाइएको सामाग्री प्रसारण हुनबाट रोकिएको थियो ? उनलाई जोगाउन बीबीसीले पत्रकारिताका स्थापित मापदण्डलाई दाउमा राखेकै हो त ? सेभिलका बारेको समाचारको हत्या कसले गर्‍यो ? बीबीसीका कोको यस काण्डमा संलग्न थिए ? जस्ता गम्भीर प्रश्नहरु खडा भए ।

सेभिलमाथिका उजुरी

जिम्मी सेभिल यौन काण्डबारे गत अक्टुबर १९ देखि औपचारिक अनुसन्धान थालेको प्रहरीले हालसम्म चारसय भन्दा बढी उजुरी परेको बताउँछ । जम्माजम्मी तीन सयभन्दा बढी सम्भावित पीडितको पहिचान गरिएको छ । प्रहरीले सेभिललाई हिंश्रक यौन अपराधीको सूचिमा राखेको छ । सेभिलमाथि सन् १९५९ देखि २००६ सम्म यौन शोषण गरेको आरोप लगाइएको छ । यौन शोषणका कतिपय घटना बीबीसी मुख्यालय परिषरमै घटेका थिए । जिम्मी सेभिल धेरैपटक आफ्नो ड्रेसिङ रुममै यौन सम्पर्क गरिरहेको अवस्थामा फेला परेको यतिबेला सार्वजनिक हुँदैछ ।

बीबीसीले घरेलु श्रोता दर्शक तान्नका लागि बेलायतका अन्य निजी सञ्चार माध्यमसँग तीब्र प्रतिस्पर्धा गरिरहेको छ । आलोचकहरु भन्छन्, प्रतिस्पर्धा बढेपछि बिबिसीले चलचित्र, खेलकुद र विभिन्न रियालिटी शो लगायतमा पनि लगानी बढाउँदै लगेको छ फलस्वरुप उसले ‘मैलिक’ खालका कार्यक्रमहरुमा कटौती गरिरहेको छ ।

कतिपयले महानिर्देशक एन्ट्वीस्टलको राजीनामा प्रकरणलाई विश्वकै चर्चित प्रसारण माध्यमको संस्थागत असफलता भएको टिप्पँणी गरेका छन् । एन्ट्वीस्टल बाहिरिए लगत्तै बेलायतमा भएको एक अध्ययनले आशा र निराशा दुबै देखाएको छ । बीबीसीका लागि खुसीको कुरा के छ भने अहिले पनि मानिसहरु बीबीसीका पत्रकारलाई अन्य संस्था भन्दा बढी विश्वास गर्छन् ।

अध्ययनमा सहभागीमध्ये ४४ प्रतिशतले बीबीसीका पत्रकारलाई विश्वास गर्न सकिने जवाफ दिएका छन् । १८ प्रतिशतले मात्र पत्रपत्रिकाको विश्वास गर्न सकिने बताएका छन् । अध्ययनमा सहभागी मध्ये १० प्रतिशतले ट्याब्लोइड पत्रिकामा आवद्ध पत्रकारलाई विश्वास गर्छन् ।

पानीमाथिको ओभानो

दुई यौनकाण्डबारेका सामाग्रीको प्रसारणपछि बीबीसीमा आएको संकटमा बीबीसी ट्रस्टका अध्यक्ष क्रिस प्याटेन पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाउनेहरुपनि कम छैनन् । प्याटेनले नै जर्ज एन्ट्वीस्टललाई महानिर्देशकमा नियुक्त गरेका थिए । आलोचकहरु ट्रस्टको अध्यक्षका रुपमा उनले लाइसेन्स शुल्क तिर्नेहरुको स्वार्थमा काम गर्न, संस्थाको सम्पादकीय मापदण्ड निर्माण गर्न र बीबीसीको स्वतन्त्रताको सुरक्षा गर्न असफल भएकोले उनका लागि पनि बीबीसीको ढोका खुल्ला भएको बताउँछन् ।

बीबीसीमा आएको संकटबारे विभिन्न सञ्चार माध्यम र सोसल मिडियामा प्रतिक्रिया आउने क्रम रोकिएको छैन । पत्रकारितामा स्थापित आधारभूत मूल्य र मान्यता बिपरित न्यूजनाइट कार्यक्रममा म्याकएल्पाइनलाई झुठो आरोप लगाएर रिपोर्ट प्रसारण भएपछि बीबीसीले छानविन सुरु गर्‍यो ।

त्यसका लागि बीबीसीले स्काई न्यूजका पूर्व प्रमुख निक पोलार्डको अध्यक्षतामा छानबिन समिति समेत बनायो । र, अनुसन्धान जारी छ । बीबीसीले सेभिल अनुसन्धानमा प्राप्त प्रमाणहरु गोप्य राख्ने बताएको छ ।

आइटिभीमा जिम्मी सेभिलका बारेमा निर्माण भएको डकुमेन्ट्री प्रसारण हुनुभन्दा एक दिन अघि न्यूजनाइट कार्यक्रमका सम्पादक पिटर रिपोनले ‘सम्पादकीय कारण’ ले कार्यक्रमको प्रसारण रोकिएको भन्दै ब्लग समेत लेखेका थिए ।

आजकाल आँखाले सामाजिक सञ्जालमा धेरैभन्दा धेरै घटना पढ्छ भने त्यो बलात्कारको घटना हो । त्यसो त बलात्कार एक जघन्य अपराध हो । बलात्कारका समाचार संसारभरबाट नै आइरहेको हुन्छ । नेपालमा भने केही वर्षयता बलात्कारका घटना एउटा लस्कर भएर उभिएको देखिन्छ । हामी सोझो अर्थमा यस्ता घटनाहरू अहिले बढेको भन्छौँ तर वास्तवमा बलात्कारका घटना बढेको नभएर सञ्चार माध्यमको पहुँच बढेको कुरालाई यथार्थ मान्ने जनमानस ठूलो छ । पहिलेको सञ्चारको अवस्थालाई हेर्ने हो भने समाचारको क्षेत्र निकै सानो देखिन्छ अहिले कुनै पनि कुरालाई सर्वत्र फैलन कत्ति पनि समय लाग्दैन ।

बलात्कार संसारकै ठूलो सामाजिक रोग हो, गम्भीर मानवीय अपराध हो । सामाजिक रूपले नै प्राचिनकालदेखि महिलाहरूलाई दोस्रो दर्जाको मानिएकाले महिलाहरू चाहे ती जुनसुकै उमेरका किन नहुन बलात्कारको शिकार भएको मान्नेहरूको जमात पनि सानो छैन । महिलाहरूमाथिको पितृसत्तात्मक सोचका कारण पनि यस्ता घटना बढेको हुनसक्ने अनुमान लगाउन सकिन्छ | यसरी महिलाहरू बलात्कार हुनु हुँदैन भनेर प्राचिनकालदेखि नै सभ्य समाजले कानूनी र नैतिक बन्धन तथा दण्ड पनि निर्धारण गरेको छ । र पनि बलात्कारका घटना दिनहुँजसो भइरहनु अत्यन्त निन्दाजनक र पुरुषहरू एवं समाजका लागि लाजमर्दो विषय हो ।

नेपालमा पनि बलात्कारका थुप्रै घटना हुने गरेका छन् । कतिपय सार्वजनिक भएका छन् भने कतिपय सार्वजनिक हुन सकेका छैनन् । समाजले के भन्छ भन्ने दृष्टिले र पीडित महिलालाई नै दोषी देख्ने सामाजिक परिवेशले घटना लुकाउने गरिएका पनि छन् । गाउँ ठाउँमै मिलाउने काम पनि गरिएका छन् । बलात्कारका काण्ड रक्षक स्वयम्बाट भएका घटना पनि बग्रेल्ती छन् ।

त्यसो त ६ वर्षको अन्तरालमा बलात्कारका घटना दोब्बर बढेका तथ्यांकले खुद बताएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७० र २०७१ मा ९ सय ५ वटा घटना भएको थियो । त्यो संख्या २०७५ र ७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको छ। २०७१ र ७२ मा ९ सय ८१, २०७२ र ७३ मा १ हजार ९३, २०७३ र ७४ मा १ हजार १ सय ३७ र २०७४ र ७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ।

७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौंमै भएको छ। त्यसपछि झापामा धेरै घटना भएको प्रहरी तथ्यांकले देखाउँछ । काठमाडौंमा २०७५ र ७६ मा २ सय १० वटा घटना भएका थिए भने झापामा १ सय ३०। त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ । सुनसरीमा १ सय १०, मोरङमा १ सय २ र कैलालीमा सय घटना भए ।

विगत केही समय अगाडि कञ्चनपुरमा घटेको घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । निर्मला हत्याकाण्डदेखि लिएर अहिले देशमा चलिरहेको महरा काण्ड वा अनेरास्वयुको नेताको केस हुन्, यिनीहरू सामाजिक सञ्जालमा सोचेभन्दा धेरै नै छिटो तानिए । निर्मलालई सारा देशले न्यायको लागि साथ दियो तर सरकार पक्षले आस्वासन मात्र दिएकाले उक्त केस आज पनि न्यायको लागि बाटो हेरेर नै बसिरहेको छ । महरा काण्ड र राइ काण्ड अहिले राजनीतिको तवरले पनि चर्चामा रहेको देखिन्छ ।

बलात्कारका घटना दिनानुदिन आइरहँदा सरकार मौन रहेकै कारणले आमजनताको धैर्यताको बाँध फुटेपछि जनता सडकमा ओर्लिएका हुन् । तापनि सरकारबाट न्याय नै पाइन्छ भन्ने कुरामा जनता अझै पनि विश्वस्त हुन भने सकेका छैनन् । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो । सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा सात वर्ष र बढीमा २० वर्षसम्मको सजाय हुने कानूनी व्यवस्था गरिएको छ भने अर्कोतिर श्रीमानले श्रीमतीको मञ्जुरीबेगर जबर्जस्ती शारीरिक सम्बन्ध राखे वैवाहिक बलात्कार हुने र मुलुकी अपराध संहितामा यस्तो घटनामा श्रीमानलाई पाँच वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

रक्सी र बलात्कार

भन्छन्, रक्सी उन्मादको लागि विशेष छ । वा भनौँ रक्सी पिएपछि मान्छेले आफ्नो होस् गुमाउने गर्दछ । तर यही कुरा रक्सी र बलात्कारसँग जोड्नचाहिँ उपयुक्त रहँदैन भन्ने धेरैको बुझाइ छ । मदिराले मानिसलाई एकप्रकारको जोस दिन्छ । यो सत्य हो तर रक्सी पिएपछि बलात्कार गर्न नै उत्प्ररेति गर्छ भन्नुचाहिँ गलत मानिने गरेको छ ।

किनकि रक्सीको नशामा नै भए पनि बलात्कार गर्ने हर्कत जो कोहीले नराख्ने जानकारहरू बताउँछन् । मान्छे रक्सी पिएपछि ऊ आफैलाई सम्हाल्न नसक्ने अवस्थामा पुग्दछ । तापनि नेपालमा वा विश्वमा नै मदिराको सेवन गरेपछि भएका बलात्कारका घटना भने अत्याधिक नै रहेको छ । नेपालकै काण्डलाई हेर्ने हो भने पनि रक्सीको सहायतामा यस्ता घटनाहरू गरिएको प्रमाणित हुने गरेको छ ।

हजारौँ गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ भन्ने लेलिनको उक्ति राजनीतिमा पटक पटक सावित हुन्छ, जब राजनीतिका महारथीहरू यौनकाण्डमा फसेर ढल्ने गर्दछन् । त्यसो त राजनीति आफैँमा एक नशा हो । डा. टीकाराम पोखरेल भन्छन्, ‘नशामाथि मादकीय नशा थपिएपछि त्यो उन्मादउन्मुख हुने नै भयो । त्यसमाथि यौनको स्पर्श भएपछि विस्फोटन हुनु कुनै नौलो होइन ।’

शास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिस यथार्थमा नाङ्गो हुन्छ । कपडाको आवरणमा ऊ आदर्श देखिन्छ । जब एक राजनीतिज्ञले आफ्नो राजनीतिक पृष्ठभूमि, पद, हैसियत भुल्छ ऊ उन्मादको शिखरमा पुग्छ त्यसबेला उसले केही देख्दैन अनि ऊ आफ्नो यथार्थ अर्थात नाङ्गो रूप देखाउन तम्सिन्छ । यस्तो बेला ऊ आफू नाङ्गिएको देख्दैन तर समाजले देखिरहेको हुन्छ ।

बलात्कार; मानसिकताको उपज

हुन त बलात्कार सोचमा भर पर्छ भन्ने पनि छन् । कतिले कपडालाइ दोष दिने गरेको पनि पाइन्छ त कतिले कस्तो घरमा हुर्केको मान्छे हो वा उसले कस्तो संस्कार पाएको छ भन्नेकुराबाट पनि बलात्कारको जग खोतल्न सकिन्छ ।

बसन्त महर्जन लेख्छन्, ‘कुण्ठित यौन भावनाको विस्फोट बलात्कारकै रूपमा हुन्छ भन्ने छैन । मनोविज्ञान अनुसार यस्तो कुण्ठित यौन भावनाको प्रकट व्यक्ति स्वयंमा सीमित सानातिना घटनामा पनि भइरहेको हुन्छ । बलात्कार जस्तो जघन्य अपराधको स्रोत नखोज्नु र त्यसको उपचार नगर्नु, तर बलात्कार विरुद्ध टिप्पणी र सत्तोसराप गर्नु एक खाले भ्रममा रमाउनु मात्रै हुनेछ ।’

बलात्कार अहिले एक फेसन नै बन्दै गएको देखिन्छ । मानौ एक युवतीलाई एक युवकले प्रेम प्रस्ताव राख्दा अस्वीकार गर्नुको परिणाम युवती बलात्कृत हुन्छे । सजायको भागिदार हुनुपर्ने भयले हत्या गरिन्छ । केही दिन अघिमात्रै प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण अनुहारमा तेजाब छ्यापियो  । यस्ता घटनाको फेहरिस्त लामो हुन्छ । फेहरिस्त पुरुष अहंताको विभत्स रूप हो । यस्तो अपराधकर्ममा संलग्न हुने विरुद्ध दण्ड–सजाय सशक्त हुनसकेको भए केही सुधार आउन सक्छ र यसमा ढिलाई हुने विधिको शासनलाई नमीठो धक्का हो ।

बलात्कार एक जघन्य अपराध मात्र होइन , बलात्कार एक अस्वस्थ्य समाज ,परिवार , सोच , संस्कारको एक उदाहरण हो । यसरी दिनानुदिन यस्ता घट्नाले हामी को हौँ भन्ने कुराको यथार्थलाई देखाइरहेको पनि छ ।कान्तिपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button