खेलकुदसमाचार

फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल-कुवेतको भिडन्त

काठमाडौं 
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । आज भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला हुने खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ । यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । 

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

टिम ११ मा को-को छन् ? 

गोलकिपर: किरण चेमजोङ

डिफेन्स: अजित भण्डारी, अनन्त तामाङ, देबेन्द्र तामाङ, राजन धिमाल

मिड फिल्डर: बिक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ट, रवि पासवान, रोहित चन्द 

फरवार्ड:  अविषेक रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button