बझाङमा सांसद भैरव बहादुर सिंहकाे एकलौटी राज, मनोमानि रुपमा बजेट वितरण

बझाङ ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना छनौट गर्दा सहक्रमी संसदहरुको राय नलिएर एकलौटी योजना छनौट गरेको प्रति समानुपातिक सांसदहरुले आपत्ती जनाएका छन् । बझाङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित संसद भैरव बहादुर सिंहले समानुपातिक सांसदहरुसँग राय परामर्ष तथा छलफल नगरि एकलौटी ढंगले योजना बिनियोजन गरेपछि समानुपातिक सांसदहरु आक्रोसित भएका हुन् ।
निवार्चित भईसकेपछि पटक-पटक बिबादमा मुछिँदै आएका सांसद भैरब बहादुर सिंहले आर्थिक बर्ष ०७६/७७का लागि आएको ६ करोड रुपयाँ बिनियोजन गरेका थिए । नेपाली काग्रेसका तर्फबाट समानुपातिक तर्फ सांसद तथा प्रतिनीधी सभा सदस्य प्रकाश रसाईलीले भने ‘सांसद सिंहले हामीसँग छलफल नै नगरी एकलौटी तरिकाले जिल्ला समन्वय अधिकारीसँग राती बसेर योजना छनौट गरी निर्णय पुस्तिकामा उतार गरी ल्याउनु भएको थियो र हस्ताक्षर गर्न भन्नुभयो मैले छलफल गरी जिल्लाका बास्तबिक आबस्यकताहरुमा रकम छुट्याउ र छलफल गरौँ भन्दा तपाईँलाई १५ लाख बरावरको एउटा योजना हाल्नुहोस बाँकी मैले नै तयार गरे सकेको छु भनेपछि आफुले आपत्ती जनाएको छु ।’

सांसद रसाईलीले भने ‘समान हैसियत भएका हामीलाई भिकारीको जस्तो ब्यबहार गरेकाले सर्बाेच्च अदालतमा मुद्धा हाल्ने तयारी गरेको समेत गरेको छु र निर्णण पुस्तिकामा समेत फरक मत राखेको छु’ । उनले जिल्लाको बिकासका लागि सबैको राय सुझाव र एकता हुन जरुरी छ तर सांसद सिंहको अभ्रद ब्यबहार प्रति आफुले कानुनी तबरले न्याय खोज्ने समेत बताए । त्यसो त बिपक्षी दलका संसदलाई मात्र होईन आफनै दल नेकपा बाट समानुपातिक सांसद आसा बिकसँग समेत सांसद सिहंले राय सुझाव तथा परामर्ष लिएका थिएन् ।
समानुपातिक सांसद तथा प्रतिनिधी सभा सदस्य आसा बिकले भनीन् स्थानीय पुर्वाधार बिकास कार्यक्रम छनौट कार्यबिधीले नै सांसदहरुलाई बिभेद गरेकाले यसका बिषयमा पटक पटक कुरा उठाउँदै आएको र अझै यसका बिषयमा संसदमा कुरा उठाउने बताइन् । उन भनिन् ‘सधैँ भिकारी जस्तै माग्नु पर्ने र सांसद सिंह र आफु एकै दलको भएपनि मसँग कुनै छलफल र राय पनि लिनु भएन् र हामीलाई बैठकमा बोलाउनुभयो हामीले पनि योजनाका लिष्ट लिएर गएका थियाैँ सांसद सिंहले सरासर आफुले योजनाहरु निर्णय पुस्तिकमा सारेर हस्ताक्षर गर्न भन्नुभयो। उहाँले हामीले आफुले ल्याएका योजना पनि समेटौँ भन्दा हुँदैन भन्नुभयो योजनामाथी कुनैपनि छलफ सम्म पनि भएन् ।’ उनले पार्टीका जिल्लाका ईन्चार्ज भएको हैसियतले हस्ताक्षर मात्र गरेको र यो कार्यबिधी नै बिभेदकारी भएकाले यसलाई खारेज गरिनु पर्ने कुरामा लागी पर्ने धारण राखिन् ।
स्थानीय तहका प्रमुखलाई आश्वासन दिए योजना हालेनन्
दुई साता अगाडी जिल्ला आएका संसद सिंहले जिल्लाका स्थानीय तहका प्रमुखहरुसँग सुझाव तथा योजना समेत माग गरेका थिए । स्थानीय तहका प्रमुखहरुले प्रत्येक स्थानीयहरुबाट अति आबस्यक तिन वटा योजना समाबेस गरीदिन संसदलाई माग गरेको भएपनि सांसद सिंहले भने नत स्थानीय तहको मागलाई सम्बोधन गरे नत सहक्रर्मी संसदहरुका राय नै लिए ।

संसद सिंह कै दलबाट निर्वाचित थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले सबै गाउँपालिका नगरपालिकाका प्रमुखलाई बोलाएर सांसद सिंहले गाउँपालिकाबाट तिन तिन वटा योजना माग गरेको र तिन वटा योजना मध्ये एक वटा योजना अनिबार्य रुपमा समाबेस गर्ने आश्वासन समेत दिएको तर सबै प्रमुखहरुलाई बेवकुफ बनाएर एउटा योजना पनि नसमेटिएको प्रति आक्रोस पोखे ।
उनले भने ‘हामीले गाउँपालिकाका अति आबस्यक योजनाहरु माग गरेका थियौ तर सांसद सिंहले नितान्त ब्यक्तिगत योजना समाबेस गर्नु भएको रहेछ ।’ उपाध्याय जस्तै अन्य गाउँपालिकाका प्रमुखहरुको आक्रोस पनि फरक छैन् । त्यस्तै तत्कालिन एमालेबाट बिजयी भएका छबिसपाथीभेरा गाउँपालिकाका प्रबत्ता लोकेन्द्र बोहराको भनाई पनि उस्तै छ । उनले योजना छनौटका चरणहरु पार गरी बस्ती स्तरबाट अति आबस्यक भएका तर गाउँपालिकाले सम्बोधन गर्न नसकेका योजनाहरु छनौट गरी माग गरेका थियौँ तर गाउँपालिकाबाट माग गरेको अति आबस्यक योजनाहरु एउटा पनि छनौट भएकाे छैन् । उनले नितीगत रुपमा बस्तीस्तरबाट छनौट भई आएका योजनामा बजेट छुट्याउनु पर्नेमा ब्यक्तीगत योजनामा रकम बिनियोजन गरेकोमा दुःख ब्यक्त गरे ।
साईपाल गाँउपालिकामा बजेट सुन्य

जिल्लाको साईपाल गाउँपालिकामा भने एउटा योजना पनि नपरेपछि स्थानीयले आक्रोस पोखेका छन् । जिल्लाको दुर्गम साईपाल गाउँपालिकालाई बर्षेनी सांसद सिंहले बिभेद गरेको भन्दै स्थानीयहरुले चर्काे आलोचना गरेका छन् ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमका लागि साईपाल गाउँपालिकाबाट पनि तिन वटा योजना पेस गरेका थियौँ अध्यक्ष राजेन्द्र धामीले भने एउटा पनि योजना नसमेटिएकाले सांसदहरुले साईपाल गाउँपालिकालाई हेर्ने नजर प्रस्ट थाहा भएको बताए । गत बर्ष पनि सांसदहरुले बिभेद गरेको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् ।
साईपाल गाउँपालिका स्थानीय उज्वल बोहराले चुनावका बेला ठूला ठूला आश्वासन दिने नेताहरुले साईपाल गाउँपालिकालाई बिभेद गरेको प्रति आक्रोस ब्यक्त गरे । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम कार्यबिधी २०७६ अनुसार बझाङ जिल्लामा योजना छनौट समितीमा संयोजक भैरब बहादुर सिहं (प्रतक्ष निर्बाचित सांसद) सदस्यमा प्रकास रसाईली (समानुपातिक सांसद) सदस्य आसा कुमारी बिक (समानुपातिक संसद ) र सदस्य सचिबमा जिल्ला समन्वय अधिकारी शेखर रोकाया रहेका थिए ।
सांसद सिंहले जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु मध्ये ११ वटा स्थानीयतहका २९ वटा योजनामा रकम बिनियोजन गरेका थिए । सबै भन्दा बढी जयपृथ्वी नगरपालिका एक करोड ८६ लाख , दोस्रोमा केरारस्यूँ गाउँपालिकामा ८० लाख, तेस्रोमा दुर्गाथली गाउँपालिकामा ६५ लाख , चौथोमा बुगंगल नगरपालिका र तल्कोट गाउँपालिकामा ६० -६० लाख र पाँचौमा खप्तड छान्ना गाउँपालिकामा ३५ लाख छैटौमा सुर्मा गाउँपालिकामा ३० लाख र त्यस्तै सातौमा थलारा गाउँपालिका र बित्थड चिर गाउँपालिकामा २५-२५ लाख , नबौमा छबिसपाथीभेरा गाउँपालिकामा १५ लाख र सबै भन्दा कम मस्टा गाउँपालिकामा ११ लाख ५० हजार रुपयाँ बिनियोजन गरेका छन् भने साईपाल गाउँपालिकामा रकम बिनीयोजन गरेका छैनन् ।
त्यस्तै जिल्ला समन्वय समिती प्रशासनिक खर्च ७ लाख ५० हार गरी ६ करोड रुपयाँ बिनियोजन गरेका छन् । संसदले दिएका योजनामा ब्यपक रुपमा कमीसन मागी आफु नजिक भएको कार्यकताबाट आएका योजनाममा बिनियोजन गरेको स्थानीयको आरोप छ । नाम नखुलाउने सर्तमा एक जना स्थानीयले भने हाली दिन्छु अलिकती कमीसन चाहिन्छ भनेको थियो तर आफुले कमीसन दिएर योजना नमाग्ने भने पछि यो कुरा कसैलाई नभन्नु भनेको बताए । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम छनौट समितीका सदस्य सचिब समेत रहेका जिल्ला समन्वय अधिकारी शेखर रोकायाले भने कार्यबिधिमा अन्य सांसदहरुको राय लिएर योजना छनौट गर्नु पर्र्ने उल्लेख छ तर सहमती हुन सकेन भने निर्बाचित सांसदले एकल रुपमा बिनीयोजन गर्न पाउँने अधिकार भएकाले त्यसै अनुरुप गरेको बताए । यता प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंहले भने संसदको भाग लगाउने योजना नभएकाले जिल्लाका आवस्यकता भएको ठाउँमा रकम बिनियोजन गरेको र कार्यबिधीले दिएको अधिकार प्रयोग गरेको बताए ।
पटक पटक बिबादमा मुछिए सांसद सिंह

निर्बाचित भए देखि सांसद सिंह पटक पटक बिबादमा मुछिए पछि उनको जिल्लामा चर्काे आलोचना हुन थालेको छ ।
जिल्लाको बुंगल क्षेत्रमा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको कालंगा हाईड्रो प्रा.लिमा पनि आफ्नो स्वार्थ पुरा नभएपछि खुलेर बिरोध गरेको भन्दै स्थानीय स्तरमा सिंहको चर्काे आलोचना समेत भएको थियो । आफ्नै जिल्लामा ७२ मेगावाटको बिद्युत उत्पादन हुन लागेको भनेर खुशी भएका स्थानीयले हाईड्रोका संन्चालक बिरेन्द्र मल्लसँग आफ्नो माग पुरा नभएपछि जलबिद्युत माफिया भनेर केही संन्चार माध्याममा भनेपछि स्थानीय स्तरमा सांसद सिंहले आलोचित हुनुपरेको सिंहका बारेमा सामाजिक सन्जाल तथा स्थानीय स्तरमा चर्काे आलोचना भएको थियो ।
त्यस्तै नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित सरकारले छनौट गरेका १०० वटा पर्यटकिय गन्तब्यको पूर्वाधार बिकासमा सिंहले जिल्लामा आएको एउटा मात्र योजना आफ्नै निजी गोरखनाथ मन्दिर छनौट गरेको बिबादमा समेत आलोचित थिए । जिल्लाका कैयौँ आर्कषक पर्यटकिय गन्तब्य हुँदाहुँदै आफ्नै गाउँको निजी मन्दिरमा बजेट हालको सिंहलाई आरोप थियो । त्यैस्तै आफुसँग निकट नभएको भन्दै जिल्लाका सिडियो सरेश सुनारलाई सरुवा गरेको आरोप समेत सांसद सिंहलाई लागेको थियो ।

दुर्गाथली–७ दौला गाउँको तल्देनमा रहेको यही संरचनालाई सरकारले देशका सयवटा गन्तव्य सूचीमा समेटेको छ– गोरखनाथ मन्दिरका नामले । यो मन्दिर कहाँ पर्छ, स्थानीयलाई समेत थाहा रहेनछ । धेरैजसोले नामसमेत नसुनेको बताए । यहाँ घरघरकै मन्दिर छन् । कुन मन्दिरलाई गोरखनाथ भन्छन् मलाई त थाहा भएन,’ ४२ वर्षीय धनसरी दौल्यालले भनिन् । जबकि उनको घरबाट सात मिनेटजति पैदल दूरीमा मात्र छ । अर्की स्थानीय हाँसु देवी दौल्यालले उल्टै प्रश्न गरिन्, ‘गोरखनाथ मन्दिर ? यही गाउँको मन्दिर हो र ?’ दौलागाउँका २ सयभन्दा बढी दौल्याल परिवार र २५ परिवार थापाका आआफ्नै मन्दिर छन् । अक्सर अरूका मन्दिरमा पूर्जा गर्दैनन् ।
उत्कृष्ट गन्तव्यमा पारिएको उक्त मन्दिरमा करिब ४० परिवार सिंह जातिले मात्र पूजा गर्छन् । तिनैमध्येका हुन् प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह । गोरखनाथ भनिएको मन्दिर उनको घरबाट करिब २० मिटरमा छ । ‘यो सिंहजातिको निजी मन्दिर हो । गाउँका सबैलाई यो मन्दिर छ भन्ने पनि थाहा छैन,’ शोभान दौल्यालले भने, ‘राज्यले कसरी उत्कृष्ट गन्तव्यमा पार्यो, छक्क परेका छाैं ।’
भैरव सिंहले राजनीतिक शक्तिको आडमा आफ्नो मन्दिरलाई गन्तव्य सूचीमा पारेको दुर्गाथली गाउँपालिका ७ का वडा सदस्यसमेत रहेका लोकपाल दौल्यालले बताए । ‘यो सरासर कार्यकर्ता पोस्ने र कमिसन खाने दाउ हो । यही गाउँका सबैले नचिनेको ठाउँ कसरी राष्ट्रिय गन्तव्य हुन सक्छ ?’ उनले प्रश्न गरे ।
‘गोरखनाथ मन्दिर’ सय गन्तव्यमा छानिएको खबरले जिल्लाबासी रुष्ट छन् । पर्यटकीय सम्भावना बोकेका कैयन् सम्पदा हुँदाहुँदै नामै नसुनेको मन्दिरलाई गन्तव्यमा पार्नु दु:खद भएको पर्यटनकर्मीले बताए ।
‘साइपाल हिमाल, सुर्मा सरोवर, कैलाश गुफा, उरै जस्ता धेरै आकर्षक गन्तव्य पूर्वाधार विकास र प्रचार अभावमा त्यसै सडेका छन् ।
यो पनि पढ्नुहोस्
सांसद भैरव बहादुर सिंह सदनमै निदाएको तस्विर भाईरल, सामाजिक सञ्जालमा खैलाबैला

जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सांसद भैरव बहादुर सिंह सदन चलिरहेका बेला मस्त निदाएको तस्विर समाजिक सञ्जालमा भाईरल भएपछि स्थानिय मतदाताहरुले समाजिक सञ्जाल मार्फत चर्को आलोचना गरिरहेका छन् ।
निर्वाचन स्थानिय क्षेत्रको विकासका एजेण्डाहरुलाई जोड तोडकासाथ सम्बोधन गर्न जनता अगाडी कसम खाएका भैरवले यसरी संसदको बैठकमा निदाएको फोटो सार्वजनिक भएसँगै स्थानिय मतदाताहरुले उनको चर्को आलोचना गरिरहेका छन् ।
प्रतिनिधी सभा सदस्य जस्तो उच्चस्तर जनप्रतिनिधीले बैठकमा गैर जिम्मेवार तरिकाले सुत्नले स्थानिय क्षेत्रको बिकासका लागी आशा गर्नु दुर्भाग्य भएको स्थानियको भनाई छ ।कान्तिपथ