प्रदेश नं. २समाचार
प्रहरीले अपरणकारीलाई गोली हानेर बालकको उद्धार

वीरजञ्ज ।
पर्सामा प्रहरीले बालक अपहरण गर्ने गिरोहमाथि गोली चलाएको छ । दश दिनअघि अपहरणमा परेको एक बालकको उद्धार गर्ने क्रममा अपहरणकारीलाई गोली हानेर उनको उद्धार गरेको दावी गरेको छ ।
उद्धार गरिएको बालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी गौतम थापाले जानकारी दिए। ।
ती बालक दश दिन अघि बनेपाबाट अपहरण भएको प्रहरीकाे भनाइ छ । अपहरणकारी को हुन भन्नेबारे खुल्न सकेको छैन् । यद्यपि अपहरणकारीको साथबाट एकथान पेस्तोल भने बरामद गरिएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले यसबारे जानकारी दिन बिहान १० बजे पत्रकार सम्मेलन गर्दैछ ।