प्रदेश नं. २समाचार

आइतवार पनि सार्वजनिक विदा

धनुषा ।
छठ पर्वको अवसरमा सरकारले आइतवार पनि सार्वजनिक विदा दिने भएकाे छ ।  प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिने भएकाे हाे । यस पटक छठ शनिवार र आईतवार परेकाले आईतबार पनि प्रदेशभर सार्वजनिक विदा दिइएको जनाइएकाे छ ।

छठ पर्व कठोर पर्व भएकोले दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो पात्राेमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button