खेलकुदप्रदेश नं. ३

जापानी फुटबल क्लब द्वारा खेलकुद सामाग्री प्रदान

भक्तपुर ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका ८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ । क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे माध्यमिक विद्यालय र एफसी रियाले फुटबल क्लबलाई स्थलगत रुपमै भ्रमण गरी खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । 

 जापानी लिगमा उरावा रेड डायमंण्डका नामबाट सहभागी हुँदै आएको जापानी क्लबले विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर २० थना फुटबल, १०० सेट जर्सी र १०० जोर फुटबल बुट प्रदान गरेको विद्यालयका शिक्षक निरञ्जन खड्काले बताए । खड्काकाअनुसार जापानी क्लबले एफसी रियालेका सल्लाहकार हरिकृष्ण साहुखालको समन्वयमा खेलकुद सामाग्री प्रदान गरेको हो । 

 हार्टफुल क्बलले बोडेकै एफसी रियालेलाई  १०० थान फुटबल, १०० थान जर्सी र १०० सेट फुटबल बुट प्रदान गरेको हो । जापानी क्लबले नेपालको राष्ट्रिय खेलाडी टिम र एन्फालाई पनि विभिन्न खेलकुद सामाग्री प्रदान गरेको हरिकृष्ण साहुखालले बताए । एफसी रियालेले बोडेका युवाहरुलाई निरन्तर तालिम सन्चालन गर्दै आएको छ ।  सन् २००५ देखि अन्तराष्ट्रिय स्तरमा फुटबल खेल प्रवद्र्धनका लागि सहयोग गर्दै आएको हार्टफुलले खेलकुदलाई केवल टेकनिक र फिजिक मात्र नभई त्योभन्दा बढी हो भन्ने सिद्धान्तका रुपमा लिने गरेको छ । हार्टफुलका सदस्यहरुलाई बोडे भ्रमणका क्रममा स्थानीय युवा र विद्यालयले भव्य स्वागत गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button